दुई लघुवित्त कम्पनीहरुले ल्याए संस्थापक सेयर विक्रीमा, कुनको कति न्यूनतम मूल्य?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २६ गते
दुई लघुवित्त कम्पनीहरुले ल्याए संस्थापक सेयर विक्रीमा, कुनको कति न्यूनतम मूल्य?

दुई लघुवित्त कम्पनीहरुले संस्थापक सेयर विक्रीमा ल्याएका छन् । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २९ हजार कित्ता र समता घरेलु लघुवित्त वित्तीय संस्थाले ५ हजार ७९० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन । हाल उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरु मात्र आवेदन दिन सक्नेछन्।

स्वरोजगार लघुवित्तले सेयरको मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकेको छ भने समता घरेलु लघुवित्तले सेयर मूल्य उल्लेख गरेको छैन् । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद गर्न आगामी ३५ दिनभित्र सम्बन्धित कम्पनीहरुको केन्द्रिय कार्यालयमा आवेदन दिनुपर्नेछ । स्वरोजगार लघुवित्तको केन्द्रिय कार्यालय बनेपा–५ काभ्रेपलाञ्चोकमा रहेको छ भने समता घरेलु लघुवित्तको केन्द्रिय कार्यालय बनेपा–७, काभ्रेपलाञ्चोकमा रहेको छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट  उक्त सेयर खरीदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने कम्पनीहरुले जनाएका छन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स