दुई लघुवित्त कम्पनीहरुले ल्याए संस्थापक सेयर विक्रीमा, कुनको कति न्यूनतम मूल्य?
दुई लघुवित्त कम्पनीहरुले संस्थापक सेयर विक्रीमा ल्याएका छन् । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २९ हजार कित्ता र समता घरेलु लघुवित्त वित्तीय संस्थाले ५ हजार ७९० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन । हाल उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरु मात्र आवेदन दिन सक्नेछन्।
स्वरोजगार लघुवित्तले सेयरको मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकेको छ भने समता घरेलु लघुवित्तले सेयर मूल्य उल्लेख गरेको छैन् । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद गर्न आगामी ३५ दिनभित्र सम्बन्धित कम्पनीहरुको केन्द्रिय कार्यालयमा आवेदन दिनुपर्नेछ । स्वरोजगार लघुवित्तको केन्द्रिय कार्यालय बनेपा–५ काभ्रेपलाञ्चोकमा रहेको छ भने समता घरेलु लघुवित्तको केन्द्रिय कार्यालय बनेपा–७, काभ्रेपलाञ्चोकमा रहेको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट उक्त सेयर खरीदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने कम्पनीहरुले जनाएका छन् ।