दुई इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदैछ ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २५ गते
दुई इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदैछ ?

दुई इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेका हुन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ रुपैयाँको २१.०५ प्रतिशतअनुपातमा १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसअनुसार, सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिनेछ। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पश्चात कम्पनीको आगामी २६औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।

त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले पनि आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार ६३९ रुपैयाँको ५ प्रतिशतअनुपातमा १५ करोड १४ लाख ६६ हजार ७३१ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पश्चात आगामी २८औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स