स्वावलम्बन लघुवित्त वित्तीय संस्था र बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई वितरण हुने लाभांश प्रस्ताव गरेका छन्।
मंसिर ३ गते बसेको स्वावलम्बन लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम १ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजीमा आधारित भई कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो। जसअनुसार सेयरधनीले ५.६३६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.३६३५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन्। नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाको अनुमोदनपछि लाभांश वितरण हुने छ।
त्यसैगरी, मंसिर ३ गते बसेको बरुण हाइड्रोपावरको सञ्चालक समितिले हालको चुक्ता पुँजीमा आधारित भई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश सहित कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लाभांश पारित गर्नका लागि कम्पनीले मंसिर २६ गते काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९:३० बजेबाट २२औँ वार्षिक साधारण सभा बोलाएको छ।
उक्त सभामा सञ्चालक समितिको २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, २०८२ असार मसान्तसम्मको वासलात तथा नाफा–नोक्सान विवरण पारित गर्नेछ। साथै २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति, अधिकृत र जारी पूँजी वृद्धि, सञ्चालक समिति परिवर्तनको अनुमोदन तथा संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन पारित गर्ने एजेन्डामा पनि छलफल हुनेछ।
बरुण हाइड्रोपावरले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार मंसिर १३ गतेसम्म सेयर नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश पाउन योग्य रहनेछन्।



प्रतिकृया