त्रिभुवन विश्वविद्यालयले जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएका परीक्षा केन्द्रमा पुनः परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालय, बल्खुका अनुसार तीन परीक्षा केन्द्रमा ६५२ विद्यार्थीका उत्तरपुस्तिका जलेका थिए।
वार्षिक परीक्षा प्रणालीअन्तर्गत व्यवस्थापन, मानविकी तथा सामाजिकशास्त्र र शिक्षाशास्त्र संकायको चार वर्षे स्नातक तह दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाका उत्तरपुस्तिका गत भदौ २२ र २३ गतेका परीक्षाबाट नष्ट भएका हुन्। सुरक्षाका कारण ती उत्तरपुस्तिकाहरू नजिकैको प्रहरी चौकीमा राखिएका थिए, तर आन्दोलनका क्रममा चौकीमा आगजनी हुँदा उत्तरपुस्तिका जलेका थिए।
यस विषयमा त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको असोज २२ गते बसेको बैठकले सम्बन्धित परीक्षा रद्द गरी पुनः परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। बल्खुका अनुसार प्रभावित परीक्षा केन्द्र र सो अन्तर्गतका क्याम्पसहरूले आफ्ना विद्यार्थीलाई तोकिएको मितिमा पुनः परीक्षा दिन व्यवस्था मिलाउनेछन्।



















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)
प्रतिकृया