SHAREHUBSHAREHUB

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकबाट निक्षेप भुक्तानी कार्य स्थगित, भुक्तानी रोक्नुको कारण के?

AdvertisementAds
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकबाट निक्षेप भुक्तानी कार्य स्थगित, भुक्तानी रोक्नुको कारण के?
AdvertisementAds

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकबाट ग्राहकलाई निक्षेप भुक्तानी कार्य स्थगित गरिएको छ। मंगलबार एक सूचना जारी गर्दै  पुस २३ गतेबाट पुस २६ गतेसम्मका लागि निक्षेप भुक्तानी कार्य स्थगन गरिएको जानकारी गराएको हो। मंगलबार जारी गरिएको सूचना अनुसार पुस २३ देखि पुस २६ गतेसम्मका लागि भुक्तानी रोकिएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत खतिवडाका अनुसार हाल तरलता व्यवस्थापन र नियमित कार्य सञ्चालनका लागि समय आवश्यक परेको छ। उनले तरलता व्यवस्थापनपछि भुक्तानी कार्य पुनः सुचारु हुने जानकारी दिएका छन्। यसैबीच, व्यवस्थापन समूहले निक्षेप भुक्तानीलाई पहिलो प्राथमिकतामा राख्दै कार्य गरिरहेको र बाहिरी हल्ला र भ्रममा नपरी धैर्यता कायम गर्न ग्राहकलाई आग्रह गरेको छ।

राष्ट्र बैंकले न्यूनतम पुँजीकोष अनुपात कायम नगर्नु, संस्थागत सुशासन कमजोर हुनु, वित्तीय अपचलनको आशंका र कमजोर तरलता जस्ता कारणले बैंकलाई समस्याग्रस्त घोषणा गर्दै आफ्नो नियन्त्रणमा लिएको हो। राष्ट्र बैंकको व्यवस्थापन समूहले सुधारका काम गर्दै बैंकलाई पुनः सञ्चालनको दिशामा अघि बढाउने प्रयास गरिरहेको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

(KRBL)

कम्पनी सम्बन्धी अन्य समाचार

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स