वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ट्रेड टावरको आईपीओ भोलिदेखि खुल्दै, कति कित्तासम्म भर्न पाइने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ७ गते
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ट्रेड टावरको आईपीओ भोलिदेखि खुल्दै, कति कित्तासम्म भर्न पाइने ?

ट्रेड टावर लिमिटेडले भोलि वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ। जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्काशन गर्न लागिएको हो।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन्। इक्रा नेपालले यस कम्पनीलाई आईपीओ निष्काशनको लागि ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस (BB-)’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा निर्माण गरिएको ‘मेरो सेयर’ सफ्टवेयरमार्फत अनलाइन सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स