ट्रेड टावरको आईपीओ बाँडफाँट सम्पन्न, कसरी हेर्ने नतिजा?

ट्रेड टावरको आईपीओ बाँडफाँट सम्पन्न, कसरी हेर्ने नतिजा?

ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँट आज बिहान बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा सम्पन्न भएको छ। कम्पनीले जेठ १४ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सार्वजनिक निष्काशन गरेको थियो।

आईपीओमा २१ लाख ६९ हजार ८९१ जनाले करिब २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन दिएका थिए। तीमध्ये ३ लाख २९ हजार ६५० जना आवेदकले १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने बाँकी १८ लाख ४० हजार २४१ जना लगानीकर्ताको हात खाली भएको छ।

कसरी हेर्ने आइपीओ नतिजा?

ट्रेड टावर लिमिटेडको आइपीओ नतिजा निम्न वेबसाइटहरूबाट हेर्न सकिन्छ:

1. लक्ष्मी सनराइज क्यापिटल लिमिटेड – || LS Capital Limited

2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल – iporesult.cdsc.com.np

3. मेरो सेयर एकाउन्ट बाट –Mero Share

आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स