संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गराउने सरकारी पहल अन्तर्गत आफू फ्रान्स जान लागेको बताएका छन्। शुक्रबार आयोजित अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले तिलौराकोटलाई सूचीकृत गराउने विषय सरकारको एजेण्डा भएको बताए।
उनका अनुसार, पेरिसमा हुन लागेको युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागिता जनाउन आफू ७ तारिखमा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। उनले यस विषयमा नेपाल सरकारले विगत १० वर्षदेखि लगातार प्रयास गर्दै आएको जानकारी दिँदै, प्रक्रिया जटिल रहेको उल्लेख गरे।
पाण्डेले भने, “तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने हाम्रो एजेन्डा छ। वर्ल्ड हेरिटेज कमिटीमा २१ देश छन्, जसमा भारत, कतार, जापान, कोरिया लगायतका एसियाली देशहरू पनि छन्। सूचीमा सूचिकृत गराउन ती देशहरूको समर्थन आवश्यक हुन्छ र निर्णय बहुमतबाट हुने भएकाले यो सजिलो प्रक्रिया होइन।”
उनले तिलौराकोट पुरातात्विक दृष्टिले महत्वपूर्ण क्षेत्र भएको पनि बताए। वैज्ञानिक प्रमाणले त्यहाँ औद्योगिकीकरणको सुरुवात, व्यवस्थित शहर, पार्क तथा आधुनिक पूर्वाधारको अवशेषहरू भेटिएको पुष्टि गरिसकेको उनको भनाइ छ।


















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

प्रतिकृया