सोलु हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) भर्ने भोलि माघ ४ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रति सेयर १०० रुपैयाँका दरले कुल ८२ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। उक्त आईपीओ पुस २९ गतेदेखि खुला गरिएको थियो।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले पाएको छ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ। साथै, ‘मेरो सेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।




















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)
प्रतिकृया