मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोली असोज ३० गते रहेको छ। कम्पनीले लाभांश वितरणको प्रयोजनका लागि असोज ३१ गते (शुक्रबार) एकदिन बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार असोज ३० गतेसम्म कायम सेयरधनीहरू मात्र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.६७ प्रतिशत नगद लाभांश गरी कुल १८.२० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आफ्नो वार्षिक साधारण सभा आगामी कार्तिक १५ गते, शनिवार, बिहान १० बजे होटल ग्राण्ड पार्टी, बिरौटा, पोखरा मा बोलाएको छ।



















प्रतिकृया