नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १९०० रुपैयाँले बढेर १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ।
हिजो सुनको मूल्य १ लाख ९६ हजार ६ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेर हाल २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




















प्रतिकृया