रिभर फल्स पावर लिमिटेड र सिटी होटल लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज असोज २६ गते अन्तिम दिन रहेको छ।
रिभर फल्स पावरले भदौ २३ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्दै प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता, अर्थात् ७० करोड रुपैयाँ बराबरका सेयर बिक्री खुला गरेको हो। हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो, जसअनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
त्यस्तै, सिटी होटलले हाल कायम १० कित्ता बराबर ८ कित्ताको अनुपातमा ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरका १ करोड ३३ लाख ९२ हजार कित्ता सेयर बिक्री खुला गरेको छ। हकप्रद प्रयोजनार्थ साउन २७ गते बुकक्लोज गरिएको थियो, जसअनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
दुबै कम्पनीका हकप्रदको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ र लगानीकर्ताले प्रभु बैंकका शाखा तथा ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।



















प्रतिकृया