पिपुल्स पावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज (साउन २६) अन्तिम दिन हो। कम्पनीले असार २२ गतेदेखि आफ्ना सेयरधनीका लागि १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो। सुरुवाती म्याद साउन ११ गतेसम्म रहे पनि मागलाई मध्यनजर गर्दै धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले साउन २६ गते बैंकिङ समयसम्म आवेदन दिने व्यवस्था गरेको हो।
हाल कम्पनीको चुक्तापुँजी ६३ करोड २६ लाख रुपैयाँ छ, जसको ५० प्रतिशत बराबरको ३१ करोड ६३ लाख रुपैयाँ अंकित मूल्य (प्रति सेयर १०० रुपैयाँ) अनुसार ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरिएको हो।
लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्नेछन्। साथै, प्रभु क्यापिटल र प्रभु बैंकका इलाम, जावलाखेल, वीरगन्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ। कम्पनीले बुकक्लोज असार २ गते गरेको थियो। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।



















प्रतिकृया