जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रदमा आवेदन दिन आज (भदौ १९) अन्तिम दिन रहेको छ। कम्पनीले साउन १५ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत बराबर २४ करोड १४ लाख १० हजार रुपैयाँको २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर १:०.६५ को अनुपातमा निष्काशन गरेको हो।
यसअघि कम्पनीले हकप्रद निष्काशनका लागि असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो। जसअनुसार, असार ५ गते बिहीबारसम्म कायम रहेका सेयरधनीहरूले मात्र हकप्रदमा आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
यस हकप्रद निष्काशनको विक्रि प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ। नेपाल धितोपत्र बोर्डले जेठ २६ गते जोशी हाइड्रोपावरलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया