दोर्दी खोला जलविद्युतको हकप्रद सेयर भर्ने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ८ गते
दोर्दी खोला जलविद्युतको हकप्रद सेयर भर्ने आज अन्तिम दिन

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले चैत १९ गतेदेखि निष्काशन गर्दै आएको हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद आज (वैशाख ८ गते) रहेको छ।

कम्पनीले हाल कायम सेयरधनीहरूलाई १:१ को अनुपातमा अर्थात् १ कित्ता बराबर १ कित्ता नयाँ हकप्रद सेयर निष्काशन गरेको हो। यसअनुसार कम्पनीले कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर निष्काशन गरिरहेको छ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

हकप्रद सेयर निष्काशनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरेको थियो। त्यसअनुसार फागुन १४ गतेसम्म नाम दर्ता गराएका सेयरधनीहरू मात्र यस हकप्रद सेयरमा आवेदन दिन योग्य छन्।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा सानिमा क्यापिटल लिमिटेडले लिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स