एकैदिन २ वटा कम्पनीको आईपीओ भर्ने आज चैत ११ गते अन्तिम दिन रहेको छ। याम्बलिङ्ग हाइड्रोपावर, सानिगाड हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै कम्पनीले चैत ८ गतेदेखि पहिलो चरणअन्तर्गत आईपीओ बिक्री खुला गरेका हुन्।
याम्बलिङ्ग हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख १० हजार कित्ता सेयर निष्काशन गरेको छ, जसमा न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीले फागुन १७ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो भने यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।
त्यसैगरी सानिगाड हाइड्रो लिमिटेडले ५ लाख ७० हजार कित्ता सेयर निष्काशन गरेको छ, जसमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यस कम्पनीले फागुन २५ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।











![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)




![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया