एपोलो हाईड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १४ गते
एपोलो हाईड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन
AdvertisementAds

एपोलो हाईड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले ९ लाख ४० हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्रीमा राखिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्, जसका लागि धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स