दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन ७ गते
दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?
AdvertisementAds

आज असोज ७ गते कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। दुबै कम्पनीले साधारणसभा प्रयोजनका लागि भोली असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्।

कामना सेवा विकास बैंकले असोज २४ गते साधारणसभा आह्वान गरेको छ, जसमा आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५.७८९५ प्रतिशत नगद लाभांशसहित कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै, युनिभर्सल पावर कम्पनीले असोज २३ गते साधारणसभा बोलाएको छ, जसमा हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांशसहित कुल ९.४७३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गरेको छ।

यी दुबै कम्पनीका प्रस्ताव साधारणसभाले पारित गरेपछि लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स