दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति लाभांश दिँदै ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १३ गते
दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति लाभांश दिँदै ?

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश तथा साधारण सभा प्रयोजनका लागि आज (फागुन १३) अन्तिम बुक क्लोज मिति रहेको छ। शिवरात्रिको सार्वजनिक बिदाका कारण भोलि (फागुन १४) सेयर बजार बन्द हुने भएकाले आजसम्म कायम सेयरधनीहरूले लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन्।

आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो ८ औँ वार्षिक साधारण सभा फागुन २५ गते, आइतबार, काठमाडौँको धुम्बाराहीस्थित दियो महलमा बिहान ११ बजे आह्वान गरेको छ। सभामा हालको चुक्तापुँजीको २१.०५२६४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण, लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च स्वीकृत गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछन्।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३१ औँ वार्षिक साधारण सभा फागुन २७ गते, मंगलबार, शंखमुलस्थित अनमोल ब्याङ्केटमा बिहान ११ बजे आयोजना गर्नेछ। सभामा हाल कायम चुक्तापुँजीको ८.७५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण, लेखापरीक्षक नियुक्ति तथा अन्य महत्वपूर्ण प्रस्तावहरू पारित गरिनेछन्।

यसैले, यी दुबै इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्न इच्छुक सेयरधनीहरूले आजै सेयर खरिद वा आफ्नो स्वामित्व कायम राख्नुपर्नेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स