instainsta

७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति लाभांश दिदै?

७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति लाभांश दिदै?
AdvertisementAds

आज पुस १४ गते सात कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। यी कम्पनीहरूमा कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, जीवन विकास लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक, छिमेक लघुवित्त, आत्मनिर्भर लघुवित्त, चिलिमे हाइड्रोपावर  बैंक रहेका छन्। यी कम्पनीहरूले मंगलबार पुस १६ गते बुक क्लोज गर्दैछन्, त्यसैले सोमबार पुस १५ गते सार्वजनिक विदा भएको कारण सेयरधनीहरूलाई आजै (पुस १४ गते) सेयरधनी बन्नुपर्नेछ।

कृषि विकास बैंकले आफ्नो चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र करसहित ७.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ, साथै अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई ६ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव रहेको छ। यसका लागि बैंकको साधारणसभा पुस २९ गते बस्नेछ।

महालक्ष्मी विकास बैंकको साधारणसभा पनि पुस २९ गते हुनेछ, जहाँ ३ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पुस २८ गते पारित गर्नेछ।

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चुक्ता पुँजीको ९.५०७९ प्रतिशत बोनस सेयर र ०.५००४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पुस २७ गते पेश गर्नेछ।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र करसहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पुस २९ गते प्रस्तुत गर्नेछ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले १४.२५ प्रतिशत बोनस सेयर र करसहित ०.७५ प्रतिशत नगद लाभांश सहित कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ, र यस प्रस्तावलाई पुस २९ गते पारित गरिनेछ।

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र करसहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ, र यसको साधारणसभा पुस २८ गते हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स