शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रस्तावित १६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज असोज १२ गते अन्तिम दिन रहेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट १० प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकले लाभांश तथा १८औँ वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि असोज १३ गते सेयरधनी दर्ता किताब बन्द गर्दैछ। त्यसअनुसार असोज १२ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन पाउनेछन्।
बैंकको १८औँ वार्षिक साधारण सभा असोज २८ गते बुटवलस्थित होटल सेफ्रन सि.के. प्रालि. (हायात प्लेस) मा बिहान ११ः३० बजे बस्नेछ।
बैंकले चुक्ता पुँजीको १० प्रतिशत अर्थात् ५० करोड २१ लाख ९७ हजार २७२ रुपैयाँ ९९ पैसा नगद लाभांश र ६ प्रतिशत अर्थात् ३० करोड १३ लाख १८ हजार ३६३ रुपैयाँ ८० पैसा बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।
सभामा वार्षिक तथा वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पेस हुनेछन्। बोनस सेयर वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले बैंकको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

प्रतिकृया