सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि असोज २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। त्यसअनुसार असोज २६ गतेसम्म कायम सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।
बैंकले वार्षिक साधारणसभा आउँदो कात्तिक २ गते बिहान १० बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा आयोजना गर्ने जनाएको छ। सभामा गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ७.३६८५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, १०० रुपैयाँ अंकित दरका कुल २ अर्ब रुपैयाँ बराबरका अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरिनेछ, जसको वार्षिक प्रतिफल ८.२५ प्रतिशत हुनेछ।
सभाले बैंकको अधिकृत पुँजी २० अर्बबाट बढाएर २२ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ र सोही अनुसार नियमावली तथा प्रबन्धपत्र संशोधन गर्नेछ।
त्यसैगरी, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गरिनेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ। यस्तै, संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन पनि सभाबाट गरिनेछ।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया