साल्ट ट्रेडिङ्गको १० प्रतिशत नगद लाभांश सुरक्षित गर्न आज फाल्गुन २८ गते अन्तिम दिन हो। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १ देखि १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो, जसअनुसार फागुन २९ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्छन्। तर, फागुन २९ गते सार्बजनिक बिदा परेकाले आज फागुन २८ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्छन्।
उक्त लाभांश पारित गर्न कम्पनीले आगामी चैत १५ गते आफ्नो ५८औं वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सुरु हुनेछ। सभाले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ। त्यस्तै, ऋण सुविधा लिने प्रस्ताव अनुमोदन गर्नुका साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको राहत रकम स्वीकृत गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।
साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछ भने चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणको प्रस्ताव पनि सभामा पेस गरिनेछ।






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)

![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)




![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया