प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ लाभांश ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १ गते
प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ लाभांश ?

प्रभु इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (साउन १ गते) रहेको छ, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि साउन २ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो। त्यसैले आजसम्म नेप्सेमा कारोबार गरी कायम रहेका सेयरधनीहरूले कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन सक्नेछन्।

कम्पनीले साउन २३ गते, शुक्रबार, काठमाडौंको तिनकुनेस्थित प्रभु कम्प्लेक्समा रहेको केन्द्रिय कार्यालयमा २९औं वार्षिक साधारण सभा आयोजना गर्न लागेको छ, जसको सुरूवात बिहान ११ बजे हुनेछ। सभामा हालको चुक्ता पूँजीको १८ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद सेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि सभामा पेस हुनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स