नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ लाभांश ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन ९ गते
नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ लाभांश ?

नेपाल ल्यूब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असोज ९) गते अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १२ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ।

यस अनुसार असोज ९ गतेसम्म नेप्सेमा कारोबार गरी कायम भएका सेयरधनीहरूले कम्पनीको ३४ औँ वार्षिक साधारण सभामा सहभागी हुनका साथै वितरण हुने लाभांश प्राप्त गर्ने अधिकार पाउनेछन्।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनार्थ १.०५२६४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। सो प्रस्ताव पारित गर्न असोज ३१ गते बिहान ११:३० बजे ललितपुरको पुल्चोकस्थित द प्लाजा मा सभा बोलाइएको छ।

सो सभामा २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि प्रस्तुत गरिनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स