लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)को लाभांश सुरक्षित गर्न आज असार १५ अन्तिम दिन हो। कम्पनीले असार १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार असार १५ सम्म कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र वार्षिक साधारण सभामा भाग लिन सक्नेछन्। एलआईसी नेपालले आफ्नो २३ औँ वार्षिक साधारणसभा असार ३० गते ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान १० बजे आयोजना गर्नेछ।
सभामा आर्थिक वर्ष २०८०/८१ का लागि कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गरिनेछ, जसमा १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) प्रस्ताव गरिएको छ। बोनस सेयरपछि कम्पनीको पुँजी वृद्धि हुने भएकाले सो अनुसार नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव सभामा पेश गरिनेछ। साथै, यदि नियमनकारी निकायबाट संशोधन सम्बन्धी कुनै निर्देशन आएमा सो पालना गर्न सञ्चालक समितिलाई अधिकार दिने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभामा संस्थापक सेयरधनीहरूका तर्फबाट एक जना सञ्चालकको निर्वाचन र नियुक्त सञ्चालकहरूको अनुमोदन गरिनेछ। त्यसैगरी, २०८०/८१ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने र २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरिनेछ।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया