हिमालयन रिइन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ लाभांश ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ८ गते
हिमालयन रिइन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ लाभांश ?

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्न आज, जेठ ८ गते, अन्तिम दिन हो। कम्पनीले लाभांश वितरणको लागि जेठ ११ गते बुक क्लोज गर्ने भएकाले, आजसम्म सेयरधनी रहेको व्यक्तिले मात्रै लाभांश प्राप्त गर्ने र वार्षिक साधारण सभामा सहभागी हुन सक्नेछन्। किनभने भोलि शुक्रबार र पर्सि शनिबार सार्वजनिक बिदा परेकोले सेयर किन्न वा स्थानान्तरण गर्न आज अन्तिम मौका हो।

कम्पनीको सञ्चालक समितिले हालको चुक्ता पूँजी १० अर्ब ४० करोड रुपैयाँमा आधारित रही ४.५० प्रतिशत बोनस सेयर र ०.२४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

घोषित लाभांश पारित गर्न कम्पनीको चौथो वार्षिक साधारण सभा यही जेठ २५ गते, काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे हुने तय भएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स