हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (भदौ १२) रहेको छ। कम्पनीले साधारणसभा प्रयोजनका लागि भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले भदौ २५ गते बुधबार आम्रपाली ब्यान्क्वेटमा वार्षिक साधारणसभा आह्वान गरेको छ। सभामा आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिनेछ। यसरी कम्पनीले कुल १२.६३२ प्रतिशत लाभांश दिन लागेको हो। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ रहेको छ।
सभाले अध्यक्षद्वारा प्रस्तुत १७औं वार्षिक प्रतिवेदन, वित्तीय विवरण, लेखापरीक्षकको प्रतिवेदन र आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्नेबारे छलफल गर्नेछ। साथै, नगद लाभांश स्वीकृत गर्ने, समूह ‘क’ का तर्फबाट चार सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि रहनेछ।
विशेष प्रस्तावअन्तर्गत १२ प्रतिशत बोनस सेयर वितरण र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विषय सभामा प्रस्तुत हुनेछ।
















प्रतिकृया