ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत १४ गते) अन्तिम दिन रहेको छ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। त्यसैले, आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले चैत २७ गते होटल पिस प्यालेस, हरि शंकर रोड, बागलुङ नगरपालिका-२ मा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ, जुन बिहान ११ बजे सुरु हुनेछ। उक्त सभामा ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।
साथै, बोनस सेयर वितरणपछि कायम चुक्ता पूँजीको १ बराबर १.१०७१ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ। सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर वा एक्विजिशन सम्बन्धी निर्णय गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने, सर्वसाधारण शेयरधनीहरूको तर्फबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने जस्ता प्रस्तावहरू पनि पारित गर्नेछ।





















प्रतिकृया