बलेफी हाइड्रोपावरको सेयर किन्ने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १९ गते
बलेफी हाइड्रोपावरको सेयर किन्ने आज अन्तिम दिन

बलेफी हाइड्रोपावर लिमिटेडले लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद सेयर खरिदका लागि बोलपत्र पेश गर्ने अन्तिम दिन आज (फागुन १९ गते) रहेको छ। कम्पनीले १:१ अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमा आवेदन नपरेपछि बाँकी सेयरलाई लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो। यस अन्तर्गत संस्थापक समूहका ६,७६,१९१ कित्ता, सर्वसाधारण समूहको लकइन अवधिमा रहेका ५,०८,८९२ कित्ता, तथा लकइन अवधिमा नरहेका ६,१३,५७३ कित्ता गरी जम्मा १७,९८,६५६ कित्ता सेयर लिलामीमा राखिएको छ। लकइन अवधिको समाप्ति मिति आगामी चैत २९ गते तोकिएको छ।

लिलामी सेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ। इच्छुक लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सेयर संख्यामा १० अंकले भाग जाने संख्यामा वा नियामक निकायको तोकिएको सीमाभित्र रहेर आवेदन दिन सकिनेछ। लिलामी सेयर खरिदका लागि आवेदन फाराम प्राप्त गर्ने र बुझाउने स्थानहरू एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँसहित पोखरा (चिप्लेढुँगा), बुटवल (ट्राफिकचोक), वीरगंज (आदर्शनगर) र विराटनगर (गोल्छाचोक) शाखा कार्यालयहरू रहेका छन्।

यसअघि कम्पनीले मंसिर २७ देखि पुस १७ गतेसम्म १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो। सो अवधिमा बिक्री नभएका सेयरहरूलाई अहिले लिलामीमार्फत बिक्री गर्न लागिएको हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स