ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्‍यो आवेदन?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ३ गते
ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्‍यो आवेदन?
AdvertisementAds

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि बिक्री खुला गरेको आईपीओ भर्ने आज चैत ३ गते अन्तिम दिन हो। कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता सेयर निष्काशन गरेको थियो । यसमा लगानीकर्ताले न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू वा ‘मेरो सेयर’ सफ्टवेयरमार्फत आइपीओ भर्न सक्नेछन्। कम्पनीले केयर रेटिङ नेपालबाट केयर–एनपी बीबी माइनस (डबल बी माइनस) रेटिङ प्राप्त गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कति पर्‍यो आवेदन?

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा अहिलेसम्म १ अर्ब ९६ करोड ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार (चैत २ गते) बेलूका ५ बजेसम्म १६ लाख १८  हजार ९७८ जना आवेदकले १ करोड ९६ लाख ४३० कित्ताका लागि आवेदन दिएका छन्, जुन मागभन्दा १३.२७ गुणा बढी हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स