३ दिनका लागि खुलेको दोर्दी खोलाको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले पुनः खोलेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले फागुन १४ गतेसम्म कायम रहेका सेयरधनीहरूका लागि १ः१ को अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर गत चैत १९ देखि वैशाख ८ गतेसम्म निष्काशन गरेको थियो।
तर, केही सेयरधनीहरूले आफ्नो हक अनुसार आवेदन दिन छुटेको गुनासो गरेपछि कम्पनीले वैशाख १२ देखि १४ गतेसम्म ३ दिनका लागि पुनः आवेदन खुला गरेको हो।
कम्पनीका अनुसार आज बैंकिङ्ग समयभित्र मात्र आवेदन दिन सकिनेछ, त्यसपछि आवेदन प्रक्रिया बन्द गरिनेछ।