सुपर खुदी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज फागुन ११ गते अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख ८६ हजार ५०० कित्ता आइपीओ निष्काशन गरेको छ। जसमा न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।
आइपीओको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले सुपर खुदी हाइड्रोपावरलाई “केयरएनपी डबल बी” इश्युअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट अनुमति लिएर आस्बा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्थाबाट र मेरो सेयरबाट आइपीओ भर्न सक्नेछन्।
सीडीएससीको तथ्यांकअनुसार आइतबार बेलुकासम्म सुपर खुदी हाइड्रोपावरको आईपीओमा २४ लाख ६२ हजार ११५ जना आवेदकले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा २ अर्ब ७४ करोड ५६ लाख ८७ हजार रुपैयाँ बराबरको २ करोड ७४ लाख ५६ हजार ८७० कित्ताका लागि आवेदन दिएका हुन्।
यो संख्या निष्काशन गरिएको सेयर संख्याको तुलनामा २१.३४ गुणा बढी हो।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया