instainsta

सर्वसाधारणले सोलु हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

सर्वसाधारणले सोलु हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?
AdvertisementAds

सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज माघ ४ गते अन्तिम दिन रहेको छ। कम्पनीले पुस २९ गतेदेखि आम सर्वसाधारणका लागि ८२ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो।

आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यस निष्काशनको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई कात्तिक २४ गते आईपीओ निष्काशनको अनुमति दिएको हो। बोर्डबाट प्राप्त अनुमतिअनुसार कम्पनीले कुल २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसका लागि कम्पनीले २०८० असोज २३ गते बोर्डमा आवेदन दिएको थियो।

कम्पनीले यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित स्थानीयवासीका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

सीडीएससीको तथ्यांकअनुसार शनिबार बेलुकासम्म सोलु हाइड्रोपावरको आईपीओमा २२ लाख ८० हजार ८३२ जना आवेदकले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा २ अर्ब ८२ करोड ८१ लाख ३४ हजार रुपैयाँ बराबरको २ करोड ८२ लाख ८१ हजार ३४० कित्ताका लागि आवेदन दिएका हुन्।

यो संख्या निष्काशन गरिएको सेयर संख्याको तुलनामा ३.४४ गुणा बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स