सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिने आज मङ्सिर १० गते अन्तिम दिन रहेको छ। कम्पनीले मङ्सिर ७ गतेदेखि पहिलो चरणमा आईपिओ बिक्री खुला गरिएको हो।
कम्पनीले वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर बसेका नेपालीहरूका लागि १० लाख कित्ता सेयर निष्काशन गरेको छ। यस समूहले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ। नबिल इन्भेष्टमेन्ट बैंकिङ्लाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ।
मङ्सिर ९ गते दिउँसो ४ बजेसम्ममा ६१ हजार ३९४ जना आवेदकले जम्मा २१ लाख ७७ हजार ७० कित्ता सेयरका लागि आवेदन दिइसकेका छन् । जुन मागभन्दा २.१७ गुणा बढी हो।
नेपाल धितोपत्र बोर्डले कार्तिक २४ गते सोलु हाइड्रोपावरलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले २ अर्ब बराबरका २ करोड कित्ता शेयर निष्काशन गर्ने स्वीकृति पाएको छ।





















प्रतिकृया