नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन सरकार नीति र संरचना सुधारमा केन्द्रित छ : अर्थमन्त्री पौडेल



Advertisement
Ads

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय मुद्रा कोषको पाँचौँ समीक्षा मिसन टोलीसँग शिष्टाचार भेटका क्रममा उनले पछिल्लो समय अर्थतन्त्रमा सुधार भइरहेको र नीतिगत तथा संरचनागत सुधारले थप सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरे।


Advertisement

अर्थमन्त्री पौडेलले अर्थतन्त्रका चुनौतीहरूलाई ऐन कानून, नीति र संवादमार्फत सम्बोधन गर्न र सुधारको प्रक्रिया अघि बढाउन सरकारले विशेष ध्यान दिएको जानकारी दिए। उनले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सुझावलाई राष्ट्रिय सन्दर्भ र आवश्यकतासँग मेल गर्दै अघि बढाउने बताएका छन्।

अर्थमन्त्री पौडेलले पाँचौँ समीक्षामा अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको सहकार्यलाई महत्त्वपूर्ण मान्दै, नेपाली पक्षबाट पर्याप्त सहकार्य र समन्वय हुने विश्वास व्यक्त गरे। त्यसैगरी, अर्थतन्त्र सुधारका विषयमा उठेका मुद्दाहरूको बारेमा सम्बन्धित निकायसँग थप संवाद र परामर्श गर्न समीक्षा मिसनलाई आग्रह गरे।

अन्तर्राष्ट्रिय मुद्रा कोषको टोली, जसको नेतृत्व सर्वत जहानले गरेका थिए, विगतका सुधार कार्यक्रमहरूको समीक्षा गर्दै आगामी दिनहरूको लागि गृहकार्यमा जुटेको जानकारी दिइएको थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर