उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय मुद्रा कोषको पाँचौँ समीक्षा मिसन टोलीसँग शिष्टाचार भेटका क्रममा उनले पछिल्लो समय अर्थतन्त्रमा सुधार भइरहेको र नीतिगत तथा संरचनागत सुधारले थप सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरे।
अर्थमन्त्री पौडेलले अर्थतन्त्रका चुनौतीहरूलाई ऐन कानून, नीति र संवादमार्फत सम्बोधन गर्न र सुधारको प्रक्रिया अघि बढाउन सरकारले विशेष ध्यान दिएको जानकारी दिए। उनले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सुझावलाई राष्ट्रिय सन्दर्भ र आवश्यकतासँग मेल गर्दै अघि बढाउने बताएका छन्।
अर्थमन्त्री पौडेलले पाँचौँ समीक्षामा अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको सहकार्यलाई महत्त्वपूर्ण मान्दै, नेपाली पक्षबाट पर्याप्त सहकार्य र समन्वय हुने विश्वास व्यक्त गरे। त्यसैगरी, अर्थतन्त्र सुधारका विषयमा उठेका मुद्दाहरूको बारेमा सम्बन्धित निकायसँग थप संवाद र परामर्श गर्न समीक्षा मिसनलाई आग्रह गरे।
अन्तर्राष्ट्रिय मुद्रा कोषको टोली, जसको नेतृत्व सर्वत जहानले गरेका थिए, विगतका सुधार कार्यक्रमहरूको समीक्षा गर्दै आगामी दिनहरूको लागि गृहकार्यमा जुटेको जानकारी दिइएको थियो।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया