सुपर मादी हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने मंसिर १६ गते अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश र साधारण सभा प्रयोजनका लागि मंसिर १७ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्दैछ। जस अनुसार, मंसिर १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागी हुन र लाभांशका लागि योग्य हुनेछन्।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६४२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। उक्त लाभांश पारित गर्न कम्पनीले पुस ४ गते काठमाडौँको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजे साधारण सभा बोलाएको छ।
सभामा बोनस सेयर वितरणपछि कायम हुने २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँ चुक्तापूँजीका आधारमा २ः१ अनुपातमा १ करोड १५ लाख ७६ हजार २५० कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ।साथै, वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने तथा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत अनुमोदन गरिनेछ।






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया