सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९४७ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज चैत ७ गते अन्तिम दिन हो। कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि चैत ८ गते बुक क्लोज गर्दैछ।
उक्त लाभांश पारित गर्न कम्पनीले चैत २१ गते सातौं वार्षिक साधारणसभा बोलाएको छ। सभा अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। सभामा ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। साथै, २५ प्रतिशत हकप्रद सेयर संशोधन गरी १७ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
हकप्रद निष्काशनपछि कम्पनीको जारी तथा चुक्ता पूँजी बढ्ने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गरिनेछ। अन्य एजेन्डाहरूमा सञ्चालक समितिको बैठक भत्ता संशोधन, गत आर्थिक वर्षका वित्तीय विवरण पारित गर्ने, र चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समावेश छन्।







![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया