तीनकुने घटना: दुर्गा प्रसाईंसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा छुटे

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ३० गते
तीनकुने घटना: दुर्गा प्रसाईंसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा छुटे
File Photo

काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनामा संलग्न रहेका राजावादी आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश ध्रुवराज कार्कीको इजलासले चैत १५ को हिंसात्मक प्रदर्शनका आरोपमा सरोज गौतम, गोकर्ण शाही, सुशिल बराल, डण्डपाणी रेग्मी, केशव बस्नेत र कुमार तामाङलाई पनि थुनामा राख्न आदेश दिएको हो। अन्य ३२ जनालाई १० हजारदेखि १ लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ।

चैत १५ मा नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको प्रदर्शन हिंसात्मक बनेपछि २ जनाको ज्यान गएको थियो। दुर्गा प्रसाईँले प्रहरीमाथि गाडी चलाएको र उनका समर्थकहरूले तोडफोड, आगजनी, लुटपाट गरेका थिए। सो घटनामा संलग्न भएको अभियोगमा सरकारी वकिलको कार्यालयले ६१ जनाविरुद्ध जेठ ११ गते मुद्दा दायर गरेको थियो।

३९ जनाको थुनछेक बहस १० दिन चलेपछि बिहीबार राति अदालतले आदेश दिएको हो। बाँकी ११ जना यसअघि नै धरौटीमा छुटिसकेका थिए। राप्रपा सांसद धवल शमशेर जबरा र उपाध्यक्ष रवीन्द्र मिश्र भने फरार सूचीमा राखिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स