आन्तरिक राजस्व विभागले वार्षिक रु. १ करोडभन्दा बढीको कारोबार गर्ने करदाताका लागि आर्थिक वर्ष २०८०/८१ को आय विवरण पेश गर्ने समय २०८१ पुस मसान्तसम्म बढाएको छ।
विभागले आयकर ऐन, २०५८ अनुसार करदाताले आय वर्ष समाप्त भएको तीन महिनाभित्र आय विवरण पेश गर्नुपर्ने र स्वचालित प्रणालीबाट अधिकतम तीन महिनासम्म म्याद थप गर्न सकिने व्यवस्था गरेको छ।
यसअघि वार्षिक २५ करोड रुपैयाँसम्म कारोबार गर्ने करदाताहरूलाई मंसिर मसान्त र २५ करोड रुपैयाँभन्दा बढीका लागि पुस २० सम्म म्याद थप गरिएको थियो। निजी क्षेत्रका व्यवसायिक संगठनहरूको मागपछि विभागले अब पुस मसान्तसम्मको समय प्रदान गरेको हो।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया