नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित सिफारिस समितिले तीन जना व्यक्तिको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको छ।
सिफारिस सूचीमा पहिलो नम्बरमा रहेका प्रा. डा. विश्वनाथ पौडेल अब गभर्नर बन्ने निश्चितजस्तै देखिएको छ। डा. पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् र उनी अर्थशास्त्रमा अनुभवी मानिन्छन्।
दोस्रो नम्बरमा रहेकी नीलम ढुंगाना हाल राष्ट्र बैंककी कार्यबाहक (कामु) गभर्नर हुन्। उनी लामो समयदेखि राष्ट्र बैंकमा कार्यरत रहेकी छन्।
तेस्रो नम्बरमा परेका पूर्व सचिव दिनेश भट्टराई विगतमा प्रधानमन्त्री कार्यालय, वाणिज्य मन्त्रालय र गृह मन्त्रालयजस्ता निकायमा उच्च तहमा काम गरिसकेका छन्।
अब मन्त्रिपरिषद्ले निर्णय गरेपछि नयाँ गभर्नरको औपचारिक नियुक्ति हुनेछ। डा. पौडेलको गभर्नर बन्ने संभावना प्रबल देखिएको छ।















![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया