SHAREHUBSHAREHUB

कीर्तिपुरमा एनपिएल क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा थप तीन जना पक्राउ

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २० गते
AdvertisementAds
कीर्तिपुरमा एनपिएल क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा थप तीन जना पक्राउ
AdvertisementAds

काठमाडौंको कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार सन्जयकुमार सिंह, रोहित शर्मा र प्रिंशु सिंहलाई नियन्त्रणमा लिएको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

उनीहरूले विभिन्न अनलाइन एप प्रयोग गरी सट्टेबाजी गरिरहेको भेटिएपछि पक्राउ गरिएको हो। यसअघि पनि सिआइबीले चार जना – सुमन धोष, अमित यादव, सुमन्त कुमार र ब्रजेश कुमारलाई बेटिङ एपमार्फत कारोबार गरेको आरोपमा नियन्त्रणमा लिएको थियो।

सिआइबीले एनपिएल प्रतियोगितामा सट्टेबाजी रोक्न कीर्तिपुर क्षेत्रमा प्रहरी परिचालन गरेको जनाएको छ। एनपिएलमा सट्टेबाजी र बेटिङ गतिविधिको आलोचना भइरहेका बेला यस किसिमका पक्राउले थप चासो बढाएको छ।

सिआइबीले अनलाइन बेटिङ एप जस्तै स्पोर्ट्स बाजी र प्रोबो प्रयोग गरी सट्टेबाजी गर्नेहरूमाथि छानबिन जारी राखेको छ। सट्टेबाजी अपराध भएको भन्दै प्रहरीले कडा कदम चाल्ने चेतावनी दिएको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स