यसपाली पनि दशैंमा राष्ट्र बैंकले नयाँ नोटको सट्टा सुकिला नोट मात्र साट्ने, कहिलेबाट पाइन्छ साट्न ?

यसपाली पनि दशैंमा राष्ट्र बैंकले नयाँ नोटको सट्टा सुकिला नोट मात्र साट्ने, कहिलेबाट पाइन्छ साट्न ?

नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंमा नयाँ नोट वितरण नगरी सुकिला नोट मात्र साट्ने व्यवस्था गर्ने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट वितरण गरिने जानकारी दिएको छ।

यो सुविधा थापाथलीस्थित राष्ट्र बैंक कार्यालय, सातै प्रदेशका प्रादेशिक कार्यालय (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) र इजाजत प्राप्त “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाका सबै शाखाबाट उपलब्ध हुनेछ।

सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँसम्म सुकिला नोट साट्न पाउने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले नोट कोष सञ्चालनमा रहेका जिल्लास्तरीय कार्यालयमार्फत पनि सर्वसाधारणलाई आवश्यक सुकिला नोट सजिलै उपलब्ध गराउने व्यवस्था मिलाएको छ। बजारमा पर्याप्त प्रयोगयोग्य नोट भएकाले नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्ने निर्णय गरिएको हो।

541212232 1443869320253214 2551674709870835833 n 1756603738 https://bajarkochirfar.com/this-time-too-during-dashain-the-nrb-will-only-exchange-old-notes-instead-of-new-notes-when-will-they-be-available-for-exchange | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स