SHAREHUBSHAREHUB

यसकारण स्थगित भयो दोर्दी खोला जलविद्युतको साधारण सभा

AdvertisementAds
यसकारण स्थगित भयो दोर्दी खोला जलविद्युतको साधारण सभा
AdvertisementAds

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले पुस २१ गते चापागाँउस्थित बज्रबाराही पार्टी प्यालेसमा बिहान ८ बजेदेखि डाकिएको सभा गणपुरक संख्या नपुगेको कारण स्थगित गर्ने निर्णय गरेको हो।

सभामा हकप्रद सेयर निष्काशन, कम्पनीको अधिकृत र जारी पूँजीसहित प्रबन्धपत्र तथा नियमावलीमा संशोधन, नियमनकारी निकायको निर्देशन अनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा अन्य वित्तीय विवरण पारित गर्ने कार्यसूची राखिएको थियो।

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस ७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स