प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ) को ‘ग्रे लिस्ट’ मा परेको विषयलाई ठूलो कुरा नभएको बताएका छन्। बुधबार राष्ट्रिय सभा बैठकमा भएको प्रतिवेदनमाथिको छलफलमा बोल्दै उनले आउँदो वर्ष नेपाल ‘ग्रिन’ लिस्टमा पर्ने दाबी गरे।
ओलीले भने, “ग्रे लिस्ट केही होइन। हेरिरहनुहोस्, अर्को वर्ष ग्रे से खतम हुन्छ, ग्रिन आउँछ। त्यसैले जहिले पनि आफूलाई नेगेटिभ चस्माबाट नहेरौँ।”
उनका अनुसार, नेपालले आत्मनिर्भर अर्थतन्त्रतर्फ अग्रसर भइरहेको छ। उनले अन्तर्राष्ट्रिय निकायहरूको मूल्यांकनबारे टिप्पणी गर्दै भने, “म अर्थतन्त्रबारे मूल्यांकन गर्दिनँ, विश्व बैंक, एडिबी लगायत निकायहरूले मूल्यांकन गरिरहेका छन्। तर केही मूल्यांकनहरू भ्रमपूर्ण हुन सक्छन्।”
नेपाल गएको वर्ष सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको पूर्ण पालना गर्न नसकेपछि एफएटिएफको ग्रे लिस्टमा परेको थियो। यो दोस्रोपटक नेपाल ग्रे लिस्टमा परेको हो। यसअघि नेपाल सन् २०१४ मा ग्रे लिस्टबाट बाहिरिएको थियो। त्यसबेला नियामकीय सुधार गर्ने मार्गचित्र तयार पारेर कार्यान्वयनमा ल्याइएको थियो, जसपछि एफएटिएफको प्रत्यक्ष निगरानी हटाइएको थियो।

















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)
प्रतिकृया