उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार दिन गनेर नबस्ने र जनतामा आशा जगाउन केन्द्रित रहेको बताएका छन्। बिहीबार राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव कार्यक्रममा उनले अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान गर्न सरकारले निरन्तर काम गरिरहेको उल्लेख गरे।
पौडेलले भने, “सरकार निराशालाई आशामा बदल्ने प्रयासमा छ। देश छोड्ने वातावरण हटाउन कदम चालिरहेको छ। अर्थतन्त्र दबाबमा रहेको भए पनि हामी यसलाई चिर्दै सुधारतर्फ अघि बढिरहेका छौं।”
उनले संकट र चुनौतीहरूको सामना गर्दै बैंकले अहिलेको स्थान हासिल गरेको बताए। आगामी दिनमा सेवाको स्तरलाई सुधार्दै अन्य बैंकहरूलाई उछिन्नुपर्ने आवश्यकता रहेको उनले जोड दिए। साथै, बैंकको उन्नति र प्रगतिका लागि साझा उद्देश्य राख्दै अघि बढ्न सबैलाई आग्रह गरे।
बैंकिङ क्षेत्रमा रहेको तरलतालाई उत्पादन र रोजगारी सिर्जनामा लगानी गर्नुपर्नेमा पौडेलले विशेष जोड दिए। उनले बैंकका कर्मचारीहरूलाई अतिरिक्त मेहनत गरेर बैंकलाई अब्बल बनाउन र राष्ट्रको आर्थिक विकासमा योगदान दिन आग्रह गरे।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया