नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले सम्झौता भंग गरेकाको भन्दै राज्यले उनलाई दिएको सेवासुविधा खोस्नु पर्ने बताएका छन्। चैत १५ गते काठमाडौँमा भएको प्रदर्शनमा शाहले सम्झौता भंग गरेको दाबी गर्दै भट्टराईले राज्यले उनलाई पूर्वराष्ट्राध्यक्षको रूपमा दिएको सुविधा अब दिन नहुने बताए।
भट्टराईले भने, “पूर्वराजा ज्ञानेन्द्रले लफङ्गाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाउनुभयो। उहाँलाई सम्झौताअनुसार नारायणहिटीबाट निर्मल निवासमा पठाइएको थियो र उहाँलाई पूर्वराष्ट्राध्यक्षको रूपमा सेवा सुविधा दिइएको थियो। तर, उहाँले निर्मल निवासमा बसेर त्यो सम्झौता भंग गर्नुभयो। अब उहाँलाई सुविधा दिन आवश्यक छ कि छैन भन्ने कुरा सोच्नुपर्छ।”














![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया