भिभोले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ‘भिभो एक्स२०० प्रो’ नेपालमा सार्वजनिक गरेको छ। २००MP जाइस् एपिओ क्यामेरा, फ्लोटिङ पेरिस्कोप प्रणाली, १२०FPS स्लो मोसन र ४K ६०FPS डल्बी भिजन सपोर्ट जस्ता फिचरहरूले फोटोग्राफी र भिडियो अनुभव उत्कृष्ट बनाउँछ।
मिडियाटेक डाइमेन्सिटी ९४०० चिपसेट, १२-कोर जीपीयू, ६०००mAh ब्याट्री, ९०W फास्ट चार्जिङ र ३०W वायरलेस चार्जिङ सुविधाले प्रदर्शनलाई प्रभावशाली बनाउँछ। गुगल जेमिनी एआई सपोर्ट, एआई नोट असिस्ट, एआई इरेज, र डेडिकेटेड सुरक्षा चिपले स्मार्टफोनलाई अझ स्मार्ट बनाउँछ।
प्री-बुकिङ मार्च ५ सम्म, मूल्य रु. १,८४,९९९ तोकिएको छ, जसमा रु. १०,००० क्यासब्याक अफर उपलब्ध छ। बिक्री मार्च ६ बाट सुरु हुनेछ। प्रख्यात युट्युबर तथा प्रविधि विशेषज्ञ मिस्टर हुइजदबोसले यसलाई ‘सर्वश्रेष्ठ क्यामेरा’ तथा ‘ओभरअल च्याम्पियन’ उपाधि दिएका छन्।



















प्रतिकृया