साताभर हरियाली रह्यो सेयरबजार, कुन–कुन कम्पनीले लगानीकर्तालाई बनायो मालामाल ?

साताभर हरियाली रह्यो सेयरबजार, कुन–कुन कम्पनीले लगानीकर्तालाई बनायो मालामाल ?

गत साताको तुलनामा यस साता सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। गत साता २५९५.७७ अंकमा बन्द भएको नेप्से परिसूचक यो साता १०८.१९ अंक बढेर २७०३.९६ अंकमा पुगेको छ। साता भरि पाँचै दिन सेयर बजार खुलेको थियो र साताका पाँचै दिन बजारमा हरियाली देखिएको थियो।

सेयरबजारमा आइतबार २६.५३ अंकले बढेको थियो भने सोमबार ९.१९ अङ्कले त्यसपछि मंगलबार २८.९१ ,बुधबार ३४.४२ अंक र बिहीबार ९.१४ अंकले बढेर २७०३.९६ मा बन्द भएको हो।

यस साता सर्वाधिक सेयरमूल्य बढ्ने कम्पनी राप्ती हाइड्रो रहेको छ। गत साताको अन्तिममा ३२३.०५ रुपैयाँ रहेको राप्ती हाइड्रोको सेयर मूल्य बढेर ४०७.७७ रुपैयाँ पुगेको छ। कम्पनीको सेयरमूल्य २६.२३ प्रतिशतले बढेको हो। दोस्रो धेरै बढ्नेमा सिन्धु विकास बैंक रहेको छ। कम्पनीको सेयर मूल्य ७४८ रुपैयाँबाट ९२५.६७ रुपैयाँ पुग्दा २३.७५ प्रतिशतले वृद्धि भएको छ।त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य १३०१.९७ रुपैयाँबाट १६०९.०१ रुपैयाँ पुग्दा २३.५८ प्रतिशतले उकालो लागेको छ।

खानी खोला हाइड्रोपावरका लगानीकर्ताले पनि यस साता राम्रै नाफा कमाएका छन्।खानी खोलाको सेयर मूल्य १८.२१ प्रतिशतले बढेर ४६३.७१ रुपैयाँ पुगेको छ। साथै, नेपाल इन्स्योरेन्सको सेयर मूल्य पनि ५७१.३३ रुपैयाँबाट ६७३.०८ रुपैयाँ पुग्दा यो साता मात्रै १७.८१ प्रतिशतले वृद्धि भएको छ।

अन्य कम्पनीहरु जस्तै: भूगोल इनर्जीको १४.८१ प्रतिशत, नेपाल फाइनान्सको १४.७२ प्रतिशत, विन नेपालको १४.५० प्रतिशत, बिन्दबासिनी हाइड्रोपावरको १३.०२ प्रतिशत र धौलागिरीको १२.५८ प्रतिशतले वृद्धि भएको छ।

साताको सेयरबजार कुन कम्पनी सेयरमूल्य सबैभन्दा बढी बढ्यो https://bajarkochirfar.com/the-stock-market-remained-green-all-week-which-companies-made-investors-rich | %tags

 

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स