instainsta

स्टार्टअप लोनका लागि परेका आवेदनहरुको छनोट प्रक्रिया सुरु

स्टार्टअप लोनका लागि परेका आवेदनहरुको छनोट प्रक्रिया सुरु
AdvertisementAds

सरकारले स्टार्टअप उद्यम कर्जाका लागि प्राप्त परियोजना प्रस्तावहरूको छनोट प्रक्रिया सुरु गरेको छ। गत आर्थिक वर्षदेखि सुरु भएको यस कार्यक्रम अन्तर्गत, चालु आर्थिक वर्ष २०८१/०८२ मा एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न सरकारले गत भदौ ११ देखि ३१ गतेसम्मको अवधि तोकेको थियो। यस अवधिमा उद्योग तथा वाणिज्य आपूर्ति मन्त्रालयअन्तर्गत औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले पाँच हजार १५८ प्रस्ताव प्राप्त गरेको जनाएको छ।

कर्जाको लागि प्रस्तावहरूको विश्लेषण कार्य “स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१” अनुसार भइरहेको छ। प्रतिष्ठानले प्रारम्भिक छनोटमा पर्ने प्रस्तावहरूको सूची तयार गर्ने प्रक्रिया जारी राखेको छ।

उद्योग मन्त्रालयले बिहीबार जारी गरेको सूचनामा कार्यविधिअनुसार छनोटमा परेका कम्पनी वा फर्महरूले कर्जा पाउने स्पष्ट गरेको छ। छनोट सूची मन्त्रालय र प्रतिष्ठानको वेबसाइटमा प्रकाशित गरिने बताइएको छ।

यो कर्जाले तीन प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म सहयोग उपलब्ध गराउँछ, जसलाई पाँच वर्षभित्र फिर्ता गर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स